
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका –२ घर भएका दुई जना किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
कञ्चन गाउँपालिकास्थित गोफ्लापुरमा बुधबार राति अपहरण १५ र १६ वर्षे दुई युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबी पाण्डे, २६ वर्षका रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ वर्षका पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षे राहुल परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गाउँमा बुधबार बेलुका लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीलाई १०–१२ जनाको समूहले गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न अन्यको पहिचान खुले पनि प्रहरीले नाम गोप्य राखेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...