अष्ट्रेलियाको अफगानिस्तानमाथि रोमाञ्चक जित – Naya Bikalpa
May 16, 2024, Thursday

अष्ट्रेलियाको अफगानिस्तानमाथि रोमाञ्चक जित


नयाँ विकल्प,

काठमाडौं  – आईसीसी टी २० विश्वकपमा बिहीबार अफगानिस्तानमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

सुपर १२ अन्तर्गत समूह ‘ए’ को जित्नैपर्ने खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई झिनो रन अन्तरले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रासिद खानको अविजित ४८ रन मद्दतमा ७ विकेट गुमाएर १६४ रन बनायो । अन्तिम ओभरमा जितका लागि अफगानिस्तानलाई २१ रन आवश्यक थियो । रासिद खानले मार्कुस स्टोनइसलाई एक छक्का र २ चौका प्रहार गर्दा अफगानिस्तानले १७ रन जोडे पनि अष्ट्रेलियामाथि शनसनी जितबाट बन्चित रह्यो ।

रासिदले २३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा अविजित ४८ रन बनाए । अफगानिस्तानका लागि गुल्बादिन नइबले ३९, रहमानुल्लाह गुर्बाजले ३० र इब्राहिम जद्रानले २६ रन जोडे ।

अष्ट्रेलिया जोस हेजलउड र एडम जाम्पाले २(२ तथा केन रिचर्डसनले १ विकेट लिए ।

अष्ट्रेलियाका नियमित कप्तान आरोन फिन्च र टिम डेभिड चोटका कारण खेलबाट बाहिर हुँदा मिचेल स्टार्कलाई ड्रप गरिएको थियो । उनीहरुको स्थानमा क्यामरुन ग्रीन, स्टिम स्मिथ र केन रिचर्डसन खेलेका थिए ।

समूह ए मा पाँचै खेल खेलेको अष्ट्रेलिया ७ अंक जोडेर दोस्रो स्थानमा छ । ५ खेलबाट ७ अंक नै जोडेको न्युजिल्याण्ड भने सेमिफाइनल प्रवेश गरिसकेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७९ कार्तिक १८, १९: ४१

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७९ कार्तिक १८, १९: ४१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७९ कार्तिक १८, १९: ४१

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...