टी–२० विश्व कपमा आज तीन खेल – Naya Bikalpa
May 16, 2024, Thursday

टी–२० विश्व कपमा आज तीन खेल

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज तीन वटा खेल हुँदैछन् । समूह ‘२’ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ ।

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा बिहान पौने १० बजे पाकिस्तान र बङ्लादेशबीच खेल हुनेछ । यो खेल पनि एडिलेडमा हुनेछ । पाकिस्तानले बङ्लादेशलाई हराएको खण्डमा सेमिफाइनल पुग्न भारत र जिम्बाब्वेको नतिजा पनि पर्खिनुपर्नेछ । पाकिस्तान विजयी हुँदा ६ अङ्क हुनेछ ।

यस्तै, भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । आजको खेलमा दक्षिण अफ्रिका र भारत विजयी भएमा नेट रनरेटको आधारमा समूह विजेता र उपविजेता हुनेछन् । सुपर १२ को समूह ‘१’ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७९ कार्तिक २०, ०७: ५५

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७९ कार्तिक २०, ०७: ५५

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७९ कार्तिक २०, ०७: ५५

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...