प्रियंकाको हरर पुस १५ गतेबाट प्रदर्शन | Naya Bikalpa
December 5, 2022, Monday

प्रियंकाको हरर पुस १५ गतेबाट प्रदर्शन

काठमाडौं । हरर थ्रिलर फिल्म चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङको प्रदर्शन मिति घोषणा भएको छ ।

फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेदेखि प्रदर्शन हुने बताइएको छ । एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापना गर्ने निर्माता अरूण चक्रवर्तीको भनाइ छ । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । फिल्ममा नेपाली र बलिउड प्राविधिक प्रयोग गरिएको छ ।

फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्ती लगानी गरेका छन् । फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले किनेको छ ।

सम्बन्धित समाचार

दोलखा मतगणनामा एमालेका शिवाकोटी अगाडि
दोलखा मतगणनामा एमालेका शिवाकोटी अगाडि
  • २०७९ कार्तिक २०, १०: ५०

दोलखा । प्रतिनिधिसभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र )का...

सत्तागठबन्धनको पहिलो बैठक आज बस्दै
सत्तागठबन्धनको पहिलो बैठक आज बस्दै
  • २०७९ कार्तिक २०, १०: ५०

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माण...

उपकुलपति लामिछानेको आवासमा तोडफोड
उपकुलपति लामिछानेको आवासमा तोडफोड
  • २०७९ कार्तिक २०, १०: ५०

दाङ । बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको आवासगृहमा तोडफोड भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययनरत...