टी-२० विश्वकपमा नेदरल्याण्ड्स सिधै छनोट – Naya Bikalpa
May 16, 2024, Thursday

टी-२० विश्वकपमा नेदरल्याण्ड्स सिधै छनोट

नयाँ विकल्प,

काठमाडौं – नेदरल्याण्ड्स सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी-२० विश्वकपमा सिधै छनोट भएको छ ।

हाल अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपको शीर्ष ८ मा रहँदै एसोसिएट राष्ट्र नेदरल्याण्ड्स सिधै छनोट भएको हो । आइतबार सुपर १२ अन्तर्गत ग्रुप टु को खेलमा नेदरल्याण्ड्सलाई दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकाल्दै दक्षिण अफ्रिकालाई विश्वकपकबाटै आउट गरेको थियो ।

आइतरबारकै अन्य दुई खेलमा पाकिस्तानले बंगलादेशलाई र भारतले जिम्बावेलाई पराजित गरेपछि नेदरल्याण्ड्स ६ टिम रहेको ग्रुप टु मा बंगलादेश र जिम्बावेभन्दा अघि रहँदै चौथो भयो । यसको अर्थ नेदरल्याण्ड्स समग्रमा शीर्ष ८ भित्र पर्न सफल भयो । ग्रुप वानबाट न्युजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया र श्रीलंका तथा ग्रुप टु बाट भारत, पाकिस्तान, दक्षिण अफ्रिकासँगै नेदरल्याण्ड्सले २०२४ को टी(२० विश्वकपमा सिधै स्थान पक्का गरेका हुन् ।

आयोजकद्वय वेष्ट इन्डिज र अमेरिका आयोजकको हैसियतमा सिधै छनोट भइसकेका छन् । वेष्ट इन्डिज जारी विश्वकपमा सुपर १२ मा समेत पुग्न सकेन भने अमेरिका यस विश्वकपमा छनोट भएको थिएन । आयोजक दुई र टी-२० विश्वकपको शीर्ष ८ गरी १० टिम अर्को टी-२० विश्वकपका लागि छनोट भइसकेका छन् ।आईसीसीले २०२४ को टी-२० विश्वकपमा २० टिम सहभागी हुने निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७९ कार्तिक २०, २०: ०४

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७९ कार्तिक २०, २०: ०४

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७९ कार्तिक २०, २०: ०४

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...