मधेश प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रवेश – Naya Bikalpa
May 16, 2024, Thursday

मधेश प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रवेश

नयाँ विकल्प,

काठमाडौं – मधेश प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले वागमती प्रदेशसँग बराबरी खेल्दै अंक बाँडेको हो । यो बराबरीले मधेशको ३ खेलबाट ५ अंक भएको छ । समूहका चारै खेल खेलिसकेको लुम्बिनी प्रदेश भने समूह चरणबाटै घर फर्किने निश्चित भएको छ । यो समूहबाट नेपाल पुलिस यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको वागमतीले सुरुवात राम्रो गरेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले जिम्मेबारी पूरा गर्न नसक्दा खेल रोमान्चक मोडमा पुगेको हो । अन्तिम तीन ओभर बाँकी हुँदा वागमतीलाई जितका लागि १३ रन आवश्यक थियो । वागमतीसँग २ विकेटमात्र बाँकी थियो । सूर्य तामाङ र रामनरेश गिरी क्रिजमा थिए । ४७औं ओभरको सुरुवाती दुई बलमा सूर्यले छक्का र चौका प्रहार गरेपछि वागमतीलाई जितका लागि तीन रन आवश्यक थियो ।

अन्तिम ओभरमा राजेश यादव बलिङका लागि आए । दोस्रो बलमा रिजनलाई विकेटकिपर अनिल साहको हातबाट क्याचआउट गराएसँगै खेल बराबरी भयो । बराबरीकै नतिजाले पनि मधेशको सेमिफाइनल प्रवेश निश्चित बन्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ४६.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो । मधेशका लागि रोहन विकले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ९४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । सन्तोष कार्कीले २३ र हरिशंकर साहले १३ रन बनाए ।

 

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७९ कार्तिक २१, १९: २६

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७९ कार्तिक २१, १९: २६

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७९ कार्तिक २१, १९: २६

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...