नेपालीले विश्वकप फुटबल हेर्न नपाउने – Naya Bikalpa
April 18, 2024, Thursday

नेपालीले विश्वकप फुटबल हेर्न नपाउने

काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने भएका छन् ।

फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको हो ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाइएको छ ।

विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला यस्तो आदेशले तयारी रोक्नुपर्ने अवस्था आएको मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल बताए ।

मिडिया हबले विश्वकप देखाउन नसक्दा नेपालभित्र अन्य कुनै पनि माध्यमबाट विश्वकप हेर्न पाउने अवस्था हुने छैन ।

यसपटक नेपालभित्र कुनै पनि विदेशी च्यानलले कुनै पनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएको छ ।

सम्बन्धित समाचार

निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल
निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल
  • २०७९ कार्तिक २४, ०९: २०

काठमाडौं । लिजमा लगेर निजी कम्पनीले भोगचलन गरिरहेको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । उपप्रधान...

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा
  • २०७९ कार्तिक २४, ०९: २०

  कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त
  • २०७९ कार्तिक २४, ०९: २०

कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्। सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक...