एसियन यु–२३ सेन्ट्रल एसियन जोन भलिवलमा २० खेलाडी छनोट – Naya Bikalpa
April 19, 2024, Friday

एसियन यु–२३ सेन्ट्रल एसियन जोन भलिवलमा २० खेलाडी छनोट

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) ले बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुल्ला छनोट पूरा गरेको छ ।

एनभिएले खुल्ला छनोटबाट बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको लागि २० खेलाडी पहिलो चरणमा छनोट गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटमा ८० भन्दा बढि खेलाडीको सहभागीता रहेको थियो ।

एनभिएले देशभरबाट छनोट भएका २० खेलाडीलाई एक महिनाको अभ्यासपछि १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । प्रतियोगिता डिसेम्बर २० देखि २६ सम्म सुरु हुँदैछ ।

एसियन भलिबल महासंघको सहयोगमा बंगलादेश भलिबल संघले आयोजना गर्ने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, भुटान, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, तुर्कमिनिस्तान उज्वेकिस्तान गरि १२ टोलीलाई सहभागीताको लागि निमन्त्रणा गरिएको छ । यस अघि एनभिएले महिला तथा पुरुष बीच भलिबल छनोट समाप्त गरिसकेको छ ।

छनोट भएका खेलाडीहरुमा धिरोज कुमार बस्नेत, मनिष मानन्धर, रवि केसी, हेमन्त मल्ल, सन्तोष खत्री, प्रेम प्रसाद गौतम, अर्जुन नेपाली, रुपबहादुर गुरुङ, बिष्णु बस्नेत, वेद प्रकाश जोशी, गोविन्द टमाटा, सम्राट भण्डारी, सफल वि।क, सुभास कुँवर, सन्तोष महत्ता, गौरव पाण्डे, तेज नाथ, भिम राज गुरुङ, सुरेन्द्र भाट, विशाल भण्डारी रहेका छन् ।

सम्बन्धित समाचार

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ कार्तिक २७, १२: ४२

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ कार्तिक २७, १२: ४२

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ कार्तिक २७, १२: ४२

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...