जितका लागि नेपालले १७७ रनको लक्ष्य पायो – Naya Bikalpa
March 29, 2024, Friday

जितका लागि नेपालले १७७ रनको लक्ष्य पायो

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनायो ।

युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । हजरत विलालले अविजित २० रन बनाए ।

यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १-१ विकेट लिए ।

नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रुपमा छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो ।रासस

सम्बन्धित समाचार

बागमती सरकारमा मन्त्री बनेका बज्राचार्यलाई हानेपाले कारबाही गर्ने चेतावनी
बागमती सरकारमा मन्त्री बनेका बज्राचार्यलाई हानेपाले कारबाही गर्ने चेतावनी
  • २०७९ मंसिर २, १३: ५९

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि सो पार्टीमा विवाद भएको छ ।...

सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
  • २०७९ मंसिर २, १३: ५९

  काठमाडौं। सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस...

नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
  • २०७९ मंसिर २, १३: ५९

काठमाडौं । नेपाल ‘ए’ ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि...