विश्वकप फुटबलको पहिलो खेलमा इरानमाथि इङ्ल्यान्डको पहिलो हाफमा ३–० गोलको अग्रता – Naya Bikalpa
April 18, 2024, Thursday

विश्वकप फुटबलको पहिलो खेलमा इरानमाथि इङ्ल्यान्डको पहिलो हाफमा ३–० गोलको अग्रता

नयाँ विकल्प,

काठमाडौं – इङ्ल्यान्डले विश्वकप फुटबलको पहिलो खेलमा इरानमाथि पहिलो हाफ सकिँदा ३–० गोलको अग्रता लिएको छ । इङ्ग्ल्यान्डका लागि खेलको ३५ औं मिनेटमा बेलिङघमले गोल गर्दै अग्रता दिलाएका थिए । इङ्ग्ल्यान्डका लागि बुकायो साकाले खेलको ४३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

रहिम स्ट्र्लिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमको अग्रता ३-० बनाए । उनले ह्यारी केनको क्रस पासमा गोल गरेका हुन् । आजको खेलमा जित निकाल्दै इङ्ल्यान्ड आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ ।

यता पाँच पटक विश्वकप खेलेर समूह चरण पार गर्न नसकेको इरान आजको खेलमा जित निकाल्दै यो विश्वकपमा समूह चरण पार गर्ने योजनामा छ ।

 

सम्बन्धित समाचार

दलको बैठकमा हात हालाहालको अवस्था
दलको बैठकमा हात हालाहालको अवस्था
  • २०७९ मंसिर ५, २०: ५४

विराटनगर । काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की...

गृहमन्त्रीमाथिको आरोप झुटो हो भने ‘कीर्ते’ गर्नेमाथि किन मौन?
गृहमन्त्रीमाथिको आरोप झुटो हो भने ‘कीर्ते’ गर्नेमाथि किन मौन?
  • २०७९ मंसिर ५, २०: ५४

काठमाडौं। नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबी लामिछानेबिरुद्ध करिव आधा दर्जन सहकारीका...

विराटनगरको रानी क्षेत्र तनावग्रस्त
विराटनगरको रानी क्षेत्र तनावग्रस्त
  • २०७९ मंसिर ५, २०: ५४

विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई...