काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ ।
समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे लुसेल रंगशालामा सुरु हुनेछ । दोस्रो खेलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसिया भिड्नेछन् । यो खेल एजुकेसन सिटी रंगशालामा साँझ पौने ७ बजे सुरु हुनेछ ।
समूह सी कै अर्को खेलमा मेक्सिको र पोल्याण्ड राति पौने १० बजे भिड्नेछन् । यो खेल ९७४ वटा कन्टेनर प्रयोग गरेर बनाइएको अस्थायी रंगशाला ९७४ स्टेडियममा हुनेछ । आजको चौथो खेलमा समूह डी मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकप उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल मध्यराति पौने १ बजे अल जानोब रंगशालामा सुरु हुनेछ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...