काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा क्रोएसियाले मोरोकोको सामना गर्दैछ । समूह ‘एफ’ मा रहेको साविकको उप–विजेता टोली मोरक्को र क्रोएसियाबीचको खेल नेपाली समय दिउँसो ३ : ४५ बजे सुरु हुनेछ । आज हुने खेलमा सहज जित निकाल्दै क्रिएसिया अघिल्लो विश्वकप जस्तै लय कायम गर्ने योजनामा छ । दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।
यता जापान पनि सहज जितको अपेक्षामा हुनेछ । विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
बुधबार हुने अन्तिम खेलमा बेल्जियमले क्यानडासँग भिड्दै छ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । बेल्जियम गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो ।
काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...