काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बिहीबार चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई दुई खेल हुनेछन् ।
समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ । यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ ।
आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक(एक खेलको समीकरण पूरा हुनेछ ।
काठमाडौं । धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी रिहा भएनन् । हरिभक्त महर्जन, शमशेर...
विराटनगर । कोशीमा सत्तारुढ दलले सभामुखको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा...
काठमाडौँ। अनलाइनमार्फत यौन धन्दा गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुर...