विश्वकप फुटवलमा जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो | Naya Bikalpa
February 7, 2023, Tuesday

विश्वकप फुटवलमा जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

कामठाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरण अन्तर्गत भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो। स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन । समूह चरणको अन्तिम खेलमा ४–२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो।

स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने  खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २–१ को अग्रता लियो। खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४(२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए ।

खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २(१ को अग्रता दिलाए ।

जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३(२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे।

 

सम्बन्धित समाचार

सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
  • २०७९ मंसिर १६, ०७: ०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...

नेप्सेमा हरियाली, ३ अर्ब ३६ करोडमाथिको कारोबार
नेप्सेमा हरियाली, ३ अर्ब ३६ करोडमाथिको कारोबार
  • २०७९ मंसिर १६, ०७: ०८

काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...

सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
  • २०७९ मंसिर १६, ०७: ०८

काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...