माओबादीद्वारा २ पुरुष र १२ महिलालाई समानुपातिक सांसदमा सिफारिस – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

माओबादीद्वारा २ पुरुष र १२ महिलालाई समानुपातिक सांसदमा सिफारिस

काठमाडौं – नेकपा माओवादी केन्द्रले संघीय संसदको प्रतिनिधि सभामा १४ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ ।

माओवादीले खस आर्य क्लस्टर र दलित क्लस्टरबाट माओबादी नेता हितराज पाण्डे र रणेन्द्र बराईलीलाई सिफारिस गरेको छ ।
जसअनुसार माओबादीले आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङलाई सिफारिस गरेको छ ।

खस आर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा तथा थारू महिलातर्फ रुपा सोसी चौधरी, र दलित महिलातर्फ सुशिला सेर्पाली ठकुरीलाई सिफारिस गरेको छ ।

मधेसी महिलातर्फबाट मीना यादवलाई, मुस्लिम महिलाकोटाबाट उमरावती देवी यादव र कल्पना मियाँको नाम माओबादीले प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको छ । मिना यादव बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीकी नेता हुन् ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ मंसिर २४, २२: ३२

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ मंसिर २४, २२: ३२

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ मंसिर २४, २२: ३२

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...