
बुटवल । रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने पत्रकार डायल्सन अधिकारीको सडक दुर्घटनामा परी निधन भएको छ । तिलोत्तमा नगरपालिका ३ का ४२ वर्षीय अधिकारी रेडियो नेपालको रुपन्देही संवाददाताको रुपमा कार्यरत थिए भने लगन मिडिया प्रालिमा आवद्ध थिए ।
नेपाल प्रेस युनियन रुपन्देहीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका अधिकारीको सप्तरीमा भएको सडक दुर्घटनामा परि निधन भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका सहभागि लिएर बिराटनगर जाँदै गर्दा वा १६ च २२३५ नम्बरको बोलेरो दुर्घटनामा पत्रकार अधिकारीसहित रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाअध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डे र चालक अशोक भण्डारी गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिए पनि त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । सडक दुर्घटनाको बिषयमा रुपन्देही प्रहरीमा निवेदन दिइएको र त्यसको आधारमा प्रहरीले सप्तरी सदरमुकाम राजविराजमा रहेको सगरमाथा अस्पतालमा अधिकारीको शवको पोष्टमार्टम प्रक्रिया पुरा भएको छ । स्वर्गीय अधिकारीका श्रीमती र दुई सन्तान रहेका छन् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...