
बुटवल । रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने पत्रकार डायल्सन अधिकारीको सडक दुर्घटनामा परी निधन भएको छ । तिलोत्तमा नगरपालिका ३ का ४२ वर्षीय अधिकारी रेडियो नेपालको रुपन्देही संवाददाताको रुपमा कार्यरत थिए भने लगन मिडिया प्रालिमा आवद्ध थिए ।
नेपाल प्रेस युनियन रुपन्देहीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका अधिकारीको सप्तरीमा भएको सडक दुर्घटनामा परि निधन भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका सहभागि लिएर बिराटनगर जाँदै गर्दा वा १६ च २२३५ नम्बरको बोलेरो दुर्घटनामा पत्रकार अधिकारीसहित रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाअध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डे र चालक अशोक भण्डारी गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिए पनि त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । सडक दुर्घटनाको बिषयमा रुपन्देही प्रहरीमा निवेदन दिइएको र त्यसको आधारमा प्रहरीले सप्तरी सदरमुकाम राजविराजमा रहेको सगरमाथा अस्पतालमा अधिकारीको शवको पोष्टमार्टम प्रक्रिया पुरा भएको छ । स्वर्गीय अधिकारीका श्रीमती र दुई सन्तान रहेका छन् ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...