देउवा गुटबाट बागमति प्रदेशको संसदीय दलको नेतामा २ उम्मेदवार – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

देउवा गुटबाट बागमति प्रदेशको संसदीय दलको नेतामा २ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षबाट दुई जनाले उम्मेदवारी दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा गुट निकटका केन्द्रीय सदस्य बहादुर सिंह लामा (तामाङ) र इन्द्रबहादुर बानियाँले संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका हुन् । बानियाँ यसअघिको बागमति प्रदेश सभा संसदीय दलको नेता थिए ।

नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलको नेता निर्वाचन समितिमा लामा र बानियाँ दुबैले आज बुधबार उम्मेदवारी दिएका हुन् । नुवकोट क्षेत्र नम्वर २ ‘ख’ मा प्रत्यक्षतर्फबाट चुनाव जितेका लामा र मकवानपुर जिल्ला क्षेत्र नम्वर २ ‘ख’मा प्रत्यक्षबाट चुनाव जितेका बानियाँबीच मात्रै प्रतिष्पर्धा हुने भएको हो ।

पार्टी केन्द्रीय सदस्य लामाको प्रस्तावकमा युवा नेता तथा दोलखा प्रदेश सभा ‘क’बाट प्रत्यक्ष निर्वाचन जितेका कुन्दनराज काफ्ले रहेका छन्।

समर्थकमा ललितपुर क्षेत्र नम्वर २ ‘ख’का रामकृष्ण चित्रकार, काभ्रे कांग्रेसका सभापति तथा क्षेत्र नम्वर १ ‘ख’ प्रदेश सभा सदस्य तीर्थ लामा, नुवाकोट क्षेत्र नम्वर १ ‘क’बाट निर्वाचित प्रदेश सभा सदस्य रमेश कुमार महत र समानुपातिकबाट निर्वाचित सांसद उर्मिला नेपाल रहेकी छन् ।

बानियाँको प्रस्तावकमा रसुवा प्रदेश सभा ‘क’का प्रदेश सभासद् प्रभाता तामाङ छन् भने समर्थकमा काठमाडौं क्षेत्र नम्वर ३ को ‘क’बाट निर्वाचित सांसद छिरिङ दोर्जे लामा रहेका छन् ।

६६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बागमति प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै २५ सिटमा विजय हासिल गरेको थियो भने १२ जना समानुपातिक गरी ३७ जना प्रदेश सांसदहरु छन् ।

बागमति प्रदेशमा कांग्रेसले नेकपा एकीकृत समाजबादीलाइ साथमा लिएर पनि सरकार बनाउन सक्ने सम्भावना छैन । याे प्रदेशमा सरकार बनाउन ५६ प्रदेश सांसदकाे समथर्न चाहिन्छ । नेकपा एसका ७ जना मात्र प्रदेश सभासद छन् । याे प्रदेशमा एमालेका २७ र माओबादी केन्द्रका २१ सांसद छन् । एमाले वा माओबादी नेतृत्वमा सरकार बनाउन पनि १३ जना प्रदेश सांसद रहेको राप्रपाको समर्थन अनिवार्य देखिन्छ । यो प्रदेशमा नेमकिपा र हाम्रो नेपाल पार्टीका एक, एक जना प्रदेश सांसद छन् ।

संसदीय दलको नेतामा बानियाँभन्दा लामाको पल्ला भारी हुने देखिन्छ । पार्टी सभापति देउवा निकट भए पनि प्रदेश सभासदस्यका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरु छनोट गर्दा प्रभावमा परेको, आथिर्क चलखेल गरी सभापति देउवाको सुझाव र सल्लाह समेत नमानेको आरोप बानियाँलाई लाग्ने गरेको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ पुष १३, १४: २५

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ पुष १३, १४: २५

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ पुष १३, १४: २५

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...