
काठमाडौं – नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा पार्टी संस्थापन पक्षबाट कृष्णप्रसाद यादल र नेता विमलेन्द्र निधीपक्षका रामसरोज यादवबीच प्रतिष्पर्धा हुने भएको छ ।
मधेश प्रदेश संसदीय दलको नेता चयनको विषयमा बिहीबार बिहानसम्म भएको सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनबाटै दलको नेता चयन हुने भएको हो । त्यसका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
कांग्रेस मधेस प्रदेश संसदीय दलको नेताका लागि पार्टीको मधेश प्रदेशका अध्यक्ष कृष्णप्रसाद र प्रदेश मन्त्रीसमेत रहेका रामसरोजले उम्मेदवारी दिएका छन् ।
रामसरोज विगतमा देउवा निकट नै थिए । कांग्रेसको एक वर्षअघि सम्पन्न महाधिवेशनमा निधिले छुट्टै समूह बनाएपछि रामसरोज उतै लागेका हुन् । कांग्रेस मधेस प्रदेशमा दोस्रो ठूलो दल बनेको छ ।
मधेश प्रदेशमा एक सय सात जना प्रदेश सदस्य हुन्छन् । तिमध्ये कांग्रेसका प्रत्यक्षबाट निर्वाचित १३ र समानुपातिक ९ गरी २२ जना सदस्य छन् । संस्थापन पक्ष बलियोउ मानिए पनि कृष्णप्रसाद यादवले प्रदेश सभापतिको हैसियतमा स्थानीय तहको टिकट वितरणमा पक्षपात गरेको र आर्थिक प्रभावमा परेको आरोप लाग्ने गरेको छ ।
मधेश प्रदेशमा २३ प्रदेश सदस्य भएको एमाले पहिलो पार्टी बनेको छ । जनता समाजबादी पार्टीसँग १६ र जनमत पार्टीसँथग १३ प्रदेश सदस्य छन् । सत्ता गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजबादी पार्टीका ९ र नेकपा एकीकृत समाजबादीका ७ प्रदेश सदस्य रहेका छन् । माओबादीका भने आठ जना मात्र प्रदेश सभा सदस्य छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...