सुदूरपश्चिम प्रदेश सांसदले लिए शपथ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सुदूरपश्चिम प्रदेश सांसदले लिए शपथ

धनगढी – सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फबाट निर्वाचित ३२ र समानुपातिकतर्फबाट निर्वाचित २१ गरी ५३ प्रदेश सभा सदस्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार दिउँसो १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएपछि रावलले प्रदेश सभाका अन्य सदस्यलाई सपथ खुवाएका हुन् ।

प्रदेश प्रमुख जोशीले ज्ेष्ठ सदस्यलाई सपथ खुवाए लगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा रावलले शपथ गराइएका हुन् ।

मंसिर ४ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये ६ जनाले मातृ भाषा र स्थानीय पहिरनमा शपथ लिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित पाँच जना तथा नेपाली कांग्रेसबाट निर्वाचित एक जना सदस्यले मातृ भाषामा शपथ लगेका हुन् ।

मातृभाषमा शपथ लिनेमा कैलाली क्षेत्र नम्बर १ प्रदेशसभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेशसभा २ का लक्ष्मणकिशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ का घनश्याम चौधरी र २ का खुशीराम डगौरा थारूसँगै कांग्रेसबाट समानुपातिक तर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषाका लागि निवेदन दिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा एमालेका १०, नेकपा माओबादी केन्द्रका ११ नेकपा एकीकृत समाजबादीका ४ र नागकि उन्मुक्ति पार्टीका ७ तथा स्वतन्त्र २ जना प्रदेश सभा सस्य छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष १५, १५: ४९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १५, १५: ४९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १५, १५: ४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...