
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले श्रीमती निकिता पौडेल लामिछानेको जन्मदिनको अवसरमा भावुक स्ट्याटस लेख्दै शुभकामना दिएका छन् । गृहमन्त्री लामिछानेले श्रीमती निकितालाई शुभकामना दिँदै निकिताले आफ्नो सफलताको लागि सयौं सपना लुकाएको बताएका छन् ।
निकिताले पारिवारिक विरासतदेखि उच्च ओहोदाको सरकारी अनुभव हुँदा हुँदै आफ्नै सफलतालाई लक्ष्य बनाएको लामिछानेले बताएका छन् ।
जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेका छ्न् – मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत , विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु(स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । सबै देवी देवताले तिम्रो रक्षा गरून् l

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...