संघीय संसद सचिवालयले पुस २२मा बोलायो सर्वदलिय बैठक – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

संघीय संसद सचिवालयले पुस २२मा बोलायो सर्वदलिय बैठक

काठमाडौं – संघीय संसद् सचिवालयले यही पुस २२ गते शुक्रबार सर्वदलीय बैठक आह्वान गरेको छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सो बैठक आव्हान गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संघीय संसदको प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि जबराले त्यसकै तयारी स्वरुप प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागिताका लागि सर्वदलिय बैठक बोलाएका हुन् ।

बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल गर्न राणाले सभाका ज्येष्ठ सदस्य राणाले बैठक बोलाएका हुन् ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलसहित पाँच जना स्वतन्त्र सांसद विजयी भ्एका छन् । तीमध्ये सातवटा दल मात्र राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।

संसदमा नेपाली कांग्रेसका ८९, नेकपा एमालेका ७८, माओवादी केन्द्रका का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाको १४, जनता समाजबादी पार्टीका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजबादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन् ।

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष १७, २२: १२

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १७, २२: १२

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १७, २२: १२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...