दर्ता र नविकरण नभएका सम्पूर्ण क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन – Naya Bikalpa
February 21, 2024, Wednesday

दर्ता र नविकरण नभएका सम्पूर्ण क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

काठमाडौं – सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशभरका सबै क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयद्वारा आज जारी गरिएको परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगी र निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सोसमेत छानबिन गरी तत्काल बन्द गर्न भनिएको छ ।

गृहप्रवक्ता पोखरेलले अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन् कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिने जानकारी दिए ।

सम्बन्धित समाचार

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०७९ पुष २०, २३: ०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०७९ पुष २०, २३: ०१

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०७९ पुष २०, २३: ०१

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...