
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । राप्रपाले कम्तीमा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित गरेको हो । सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपाका १४ जना सांसद छन् ।
प्रत्यक्षबाट निर्वाचन जितेका ७ मध्ये ५ जनाले सरकारमा जानै पर्ने अडान लिँदा क–कसलाई सरकारमा पठाउने भन्ने विषय जटिल बन्दै गएको हो । तीन जना उपप्रधानमन्त्री रहेको माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देनसमेत उपप्रधानमन्त्रीमा जाने निश्चित भएको छ ।
लिङ्देनसहित राप्रपामा प्रत्यक्षबाट चुनाव जितेका मकवानपुरका दिपक बहादुर सिंह,नवपरासी पश्चिमका धु्रवबहादुर प्रधान, वाँकेका धवल शम्शेर जबरा र जुम्लाका ज्ञान बहादुर शाहीले सरकारमा सहभागी हुने अडान लिएका छन् । तर अध्यक्ष लिङ्देन सरकारमा समानुपातिकबाट निर्वाचित बुद्धिमान तामाङलाई मन्त्री बनाउन चाहन्छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु भने राप्रपालाई दुई मन्त्रालयसहित एक उपप्रधानमन्त्री, एक मन्त्री र एक राज्यमन्त्री दिन चाहन्छन् । तर राप्रपो भने एक उपप्रधानमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री कम्तीमा पाउनु पर्ने अडान राखेको छ । राप्रपाले तीन मन्त्रालय नपाए बागमति प्रदेशको मुख्यमन्त्रीमा दाबी नछाड्ने भएको छ ।
वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ । प्रतिनिधिसभाले नयाँ सभामुख चयन नभएकाले राप्रपाका सांसद तथा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले ज्येष्ठ सदस्यको रुपमा सभामुखको भूमिका निर्वाह गरिरहेका छन्
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...