काठमाडौं । नेपाली कांग्रेसले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई विनाकारण निश्कासन गर्ने र पत्रकारीताको माध्यमबाट जनताका विचारलाई सम्प्रेषण गर्ने पत्रकारहरुलाई तर्साउने एवं आतंकित बनाउने वर्तमान सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारशिला भएकोले लोकतान्त्रिक संविधानको मर्म र भावना विपरित स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्ने, पत्रकारहरु माथि प्रहार गर्ने, कुनै पनि घटनाको निपष्क्ष एवं स्वतन्त्रतापूर्वक छानविन हुनु पर्दछ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् ।
निर्दोषलाई फसाउने र दोषीलाई उनमुक्ति दिने कार्य नेपाली जनतालाई सहिय हुने छैन भन्दै खाँडले विज्ञप्तीमार्फत नेपाली कांग्रेस न्यायको सिद्धान्त, निष्पक्षता, विधिको शासन र जनभावना प्रति सदैव समर्पित रही आएको जनाए । उनले कांग्रेस सदैव स्वतन्त्र पत्रकारिताकोे पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता व्यक्त गर्दै घुमाउरो अर्थले रवी लामिछानेको पक्षमा वकालत गरेका छन् ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...