पत्रकार निस्कासन नगर्न र निष्पक्ष छानबिन गर्न कांग्रेसको माग – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

पत्रकार निस्कासन नगर्न र निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई विनाकारण निश्कासन गर्ने र पत्रकारीताको माध्यमबाट जनताका विचारलाई सम्प्रेषण गर्ने पत्रकारहरुलाई तर्साउने एवं आतंकित बनाउने वर्तमान सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारशिला भएकोले लोकतान्त्रिक संविधानको मर्म र भावना विपरित स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्ने, पत्रकारहरु माथि प्रहार गर्ने, कुनै पनि घटनाको निपष्क्ष एवं स्वतन्त्रतापूर्वक छानविन हुनु पर्दछ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् ।

निर्दोषलाई फसाउने र दोषीलाई उनमुक्ति दिने कार्य नेपाली जनतालाई सहिय हुने छैन भन्दै खाँडले विज्ञप्तीमार्फत नेपाली कांग्रेस न्यायको सिद्धान्त, निष्पक्षता, विधिको शासन र जनभावना प्रति सदैव समर्पित रही आएको जनाए । उनले कांग्रेस सदैव स्वतन्त्र पत्रकारिताकोे पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता व्यक्त गर्दै घुमाउरो अर्थले रवी लामिछानेको पक्षमा वकालत गरेका छन् ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७६ भाद्र ९, ०६: २१

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ भाद्र ९, ०६: २१

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७६ भाद्र ९, ०६: २१

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...