वासिङटन डिसी । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कंग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरेको हो ।
अमेरिकाको रिपब्लिकन पार्टीका केभिन म्याकार्थी शनिबार १५ औं चरणको मतदानपछि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन् । सभामुखको चयनसँगै प्रतिनिधिसभामा विगत केही दिनदेखि जारी राजनीतिक गतिरोध अन्त्य भएको विश्वास गरिएको छ ।
५७ वर्षीय केभिन म्याकार्थीले प्रतिनिधि सभामा डेमोक्रयाटिक पार्टीकी ८२ वर्षीया न्यान्सी पेलोसीको स्थान लिएका छन् । नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनपछि ४ सय ३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकन पार्टीका सदस्य संख्या २२२ पुगेको थियो ।
योसँगै अमेरिकी प्रतिनिधिसभामा लोकतान्त्रिक पार्टीको बहुमत पुगेको छ । बीबीसी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...
एजेन्सी । टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको...