रेशमलाई जेलमुक्त गर्ने निर्णय आजै नआए नागरिक उन्मुक्तिले सरकारको समर्थन फिर्ता लिने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन भत्कने संकेत

रेशमलाई जेलमुक्त गर्ने निर्णय आजै नआए नागरिक उन्मुक्तिले सरकारको समर्थन फिर्ता लिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बुधबारसम्म लिखित सम्झौता नगरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएका छन् ।

नाउपाका संरक्षक चौधरीले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय भएर लिखित रुपमा नआएमा आफू त्यस गठबन्धनमा नरहने समेत जनाएका छन् । चौधरीले डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई उक्त कुरा बताएका हुन् ।

लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को गठबन्धन हुने बैठकमा सहभागी एक नेताले बताए ।

अहिले सुदूरपश्चिम प्रदेशलगायत तीन प्रदेशमा मुख्यमन्त्री चयन हुँदैछ । सुदूरपश्चिम प्रदेशमा चौधरीको पार्टी निर्णायक छ । यो५३ सदस्यीय प्रदेश सभामा नाउपाका ७ सांसद छन् । नाउपाले १९ सिट रहेको कांग्रेसलाई समर्थन गरेमा एक स्वतन्त्रसहित नाउपाले गठबन्धनइत्तरको प्रदेश सरकार निर्माण गर्न सक्छ ।

यो प्रदेशमा नाउपाले कांग्रेसलाई वा कांग्रेसले नाउपालाई मुख्यमन्त्री दिएर सत्ता गठबन्धन भत्काउन सक्ने सम्भावना देखिएको छ ।

लुम्बिनी प्रदेशमा ४ र मधेश प्रदेशमा १ जना प्रदेश सभा सदस्य नागरिक उन्मुक्ति पार्टीका छन् । अहिलेसम्म नागरिक उन्मुक्ति मौन बसिरहेको छ । यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहन्छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २७, १४: १०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २७, १४: १०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २७, १४: १०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...