
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बुधबारसम्म लिखित सम्झौता नगरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएका छन् ।
नाउपाका संरक्षक चौधरीले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय भएर लिखित रुपमा नआएमा आफू त्यस गठबन्धनमा नरहने समेत जनाएका छन् । चौधरीले डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई उक्त कुरा बताएका हुन् ।
लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को गठबन्धन हुने बैठकमा सहभागी एक नेताले बताए ।
अहिले सुदूरपश्चिम प्रदेशलगायत तीन प्रदेशमा मुख्यमन्त्री चयन हुँदैछ । सुदूरपश्चिम प्रदेशमा चौधरीको पार्टी निर्णायक छ । यो५३ सदस्यीय प्रदेश सभामा नाउपाका ७ सांसद छन् । नाउपाले १९ सिट रहेको कांग्रेसलाई समर्थन गरेमा एक स्वतन्त्रसहित नाउपाले गठबन्धनइत्तरको प्रदेश सरकार निर्माण गर्न सक्छ ।
यो प्रदेशमा नाउपाले कांग्रेसलाई वा कांग्रेसले नाउपालाई मुख्यमन्त्री दिएर सत्ता गठबन्धन भत्काउन सक्ने सम्भावना देखिएको छ ।
लुम्बिनी प्रदेशमा ४ र मधेश प्रदेशमा १ जना प्रदेश सभा सदस्य नागरिक उन्मुक्ति पार्टीका छन् । अहिलेसम्म नागरिक उन्मुक्ति मौन बसिरहेको छ । यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहन्छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...