१७ प्रहरी नायव महानिरिक्षक (डीआईजी)को काज सरुवा, को कहाँ पुगे ? – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

१७ प्रहरी नायव महानिरिक्षक (डीआईजी)को काज सरुवा, को कहाँ पुगे ?

काठमाडौं – नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)को काज सरुवा भएको छ ।

गृह मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री रवी लामिछानेको सुझाव र सिफारिसमा प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले विहीबार १७ डिआईजीको सरुवा गरेको हो ।

काजसरुवा गरिएकाहरुमा प्रदेश नम्वर १ रानी विराटनगरमा श्यामलाल ज्ञवाली, मधेश प्रदेश जनकपुरमा बसन्त कुँवर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा दीपक थापा, गण्डकी प्रदेश कार्यालय पोखरामा बुद्धि बहदुर गुरुङ र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईलाई सरुवा गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय बीरेनद्रनगरमा भीम ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अशोक सिहं सरुवा भएका छन् ।

विशेष ब्यूरो काठमाडौंमा सुदिप गिरी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणाको तथा डिआईजी पोषराज पोख्रेललाई प्रहरी महानिरिक्षकको सचिवालय तथा प्रवक्ता एवम् सूचना अधिकारीमा सरुवा गरिएको छ ।

डीआईजीहरु नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा, मोहनकुमार आचार्यलाई केन्द्रीय अनुसन्धन ब्युरो नक्सालमा, मसाउद आलम खाँलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा, किरण बज्राचार्यलाई आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय नक्सालमा, सन्दिप भण्डारीलाई कार्य निर्देशनालय नक्सालमा,रामदत्त जोशीलाई अन्वेषण, योजना तथा विकास निर्देशनालय र दुर्गा सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा काज सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ पुष २८, १५: ३०

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ पुष २८, १५: ३०

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ पुष २८, १५: ३०

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...