काठमाडौँ । जण्डिस रोगका कारण अस्पतालमा उपचार गराई रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुल्लाह दिएका छन् ।
हाल ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न भन्दै कलेजोको प्रत्यारोपण विदेशमा गर्न समेत सुझाव दिएका हुन् ।
कलजो प्रत्यारोपण नेपालमा हुँदै आए पनि समस्या आउन सक्ने भन्दै चिकित्सकले देश बाहिर लगे उपयुक्त हुने सुझाव दिएका हुन् ।
पुनको उपचार कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा. युवराज शर्माले बताए ।
पुनको विगत एक दशकदेखि उपचारमा संलग्न चिकित्सक शर्माले यसबीचमा उनले चीनमा उपचार गरेको, पछिल्लो समय कलेजो कमजोर देखिएको र जण्डिस बढेर पेटमा पानी आउने रगत पातलो हुने भएकाले लिभर नै फेर्नुको विकल्प नभएको सुझाएका थिए ।
नेपालमा लिभरको प्रत्यारोपण त्यति धेरै नभइराखेको, विदेशबाट आएका चिकित्सकले फाट्टफुट्ट गर्ने गरिएकोले नेपालमा लिभर प्रत्यारोपण गर्दा जोखिम हुने देखिएकाले वाहिर उपचार गर्न सुझाव दिएको डा. शर्माले जनाएका छन् ।
नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख र भारतमा ५० देखि ६० लाख खर्च हुने गर्छ । कलेजो प्रत्यारोपण गर्दा कुनै समस्या नआएमा डेढ महिना र यसपछि २ महिना आराम गर्नुपर्ने चिकित्सकहरुले वताएका छन् ।
नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...