काठमाडौं – प्रतिनिधि सभाको मंगलबारको बैठकले २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा माओबादी केन्द्रका सांसद देवेन्द्र पौडेलको प्रस्ताव तथा कांग्रेस सांसद रामकृष्ण यादव र एमाले सांसद ऋषिकेश पोखरेलको समर्थनमा नियमावली निर्माणको लागि प्रस्तव गरिएको २१ सदस्यीय सर्वदलिय नियमावली मस्यौदा समिति गठनको भएको हो ।
समितिलाई १५ दिन भित्रमा प्रतिनिधि सभा सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, काम कारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य सम्पदान गर्दा अपनाउनु पर्ने कार्यको लागि नियमावली मस्यौदा तयार गर्ने र पारित गर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।
मस्यौदा समितिमा कांग्रेसबाट जीवन परियार, दिलेन्द्र प्रसाद वढु, रमेश लेखक, सीता गुरुङ र नागिना यादव सदस्य छन् । एमालेबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई,महेशकुमार बर्तौला छन् । समितिमा माओबादी केन्द्रका हितराज पाण्डे, शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, राप्रपाबाट ज्ञानबहादुर शाही, नेकपा एसबाट प्रकाश ज्वाला, जसपाबाट प्रदीप यादव, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, राजमोबाट चित्रबहादुर केसी, नेमकिपाबाट प्रेम सृवाल र स्वतन्त्र सांसद डा. अमरेसकुमार सिंह सदस्य छन् ।
समितिलाई सभामुखको सामान्य निर्देशनमा रही आफ्नो कार्यविधि आफैले व्यवस्थित गनै र समितिका सदस्यहरुमध्येबाट एक जना सभापति चयन गर्ने जिम्मेवारी पनि दिइएको छ । मस्यौदा समिति गठन गर्ने सम्वन्धमा आजै सांसद पौडेलले सभामुखलाई संवोधन गरी दर्ता गरिएको सो प्रस्ताव आजै दर्ता भएको हो ।
नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...