काठमाडौं । अपराधि पक्राउ गर्न लिखित निर्देशन दिएको भन्दै प्रेस विज्ञप्ति जारी गर्न लगाएर सार्वजनिक रुपमा आलोचना खेपिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले आफ्नो कमजोरी छोप्न पूर्ववर्ती सरकारमाथि दोष थोपरेका छन् ।
गृहमन्त्री लामिछानेले मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘पूर्ववर्ती सरकारद्वारा काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको’ आरोप लगाएका हुन् ।
काम गर्नलाई कानून पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप लगाएका हुन् । यिनै संयन्त्रलाई बलियो र काम गर्न सक्नेगरी बनाउन थालिएको उनले बताए ।
आफू मातहतको प्रहरी संगठनप्रति लक्षित गर्दै उनले फौजदारी अभियोग लागेर खोजीको सूचीमा रहेका सत्तारुढ दल एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ‘आदेश भन्दा कानूनको पालना’ गर्नु संकेत गरेका हुन् ।
उनले पूर्ववर्ती सरकारले राज्यका कुन कुन अङ्ग र संयन्त्रलाई थिलथिलो बनाइयो भनेर स्पस्ट नभनी आफ्नो कमजोरी लुकाउन पूर्ववर्ती सरकारमाथि दोष थोपरेका हुन् । नेपाली जनतालाई निराश नबनाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए ।
गृह मन्त्रालय र मातहतका निकायमा सुधार र सुदृढीकरणको लागि भन्दा सरुवा गर्न र भाषण तथा बक्तव्यवाजीमा व्यस्त लामिछानेले अभियुक्तलाई भगाउन सजिलो हुने गरी सार्वजनिक रुपमा वक्तव्य जारी गरेका थिए ।
गृहमन्त्री लामिछानेले आफ्नो पटक पटकको आदेश प्रहरीले कार्यान्वयन नगरेका कारण लिखित निर्देशन दिएको भनी सार्वजनिक गरिएको विज्ञप्तिका विषयमा भने सदनमा बोलेनन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।...