‘काम गर्न नसक्ने गरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको छ’ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
गृहमन्त्रीद्वारा कमजोरी छोप्न पूर्ववर्ती सरकारमाथि आरोप

‘काम गर्न नसक्ने गरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको छ’

काठमाडौं । अपराधि पक्राउ गर्न लिखित निर्देशन दिएको भन्दै प्रेस विज्ञप्ति जारी गर्न लगाएर सार्वजनिक रुपमा आलोचना खेपिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले आफ्नो कमजोरी छोप्न पूर्ववर्ती सरकारमाथि दोष थोपरेका छन् ।

गृहमन्त्री लामिछानेले मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘पूर्ववर्ती सरकारद्वारा काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको’ आरोप लगाएका हुन् ।

काम गर्नलाई कानून पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप लगाएका हुन् । यिनै संयन्त्रलाई बलियो र काम गर्न सक्नेगरी बनाउन थालिएको उनले बताए ।

आफू मातहतको प्रहरी संगठनप्रति लक्षित गर्दै उनले फौजदारी अभियोग लागेर खोजीको सूचीमा रहेका सत्तारुढ दल एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ‘आदेश भन्दा कानूनको पालना’ गर्नु संकेत गरेका हुन् ।

उनले पूर्ववर्ती सरकारले राज्यका कुन कुन अङ्ग र संयन्त्रलाई थिलथिलो बनाइयो भनेर स्पस्ट नभनी आफ्नो कमजोरी लुकाउन पूर्ववर्ती सरकारमाथि दोष थोपरेका हुन् । नेपाली जनतालाई निराश नबनाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

गृह मन्त्रालय र मातहतका निकायमा सुधार र सुदृढीकरणको लागि भन्दा सरुवा गर्न र भाषण तथा बक्तव्यवाजीमा व्यस्त लामिछानेले अभियुक्तलाई भगाउन सजिलो हुने गरी सार्वजनिक रुपमा वक्तव्य जारी गरेका थिए ।

गृहमन्त्री लामिछानेले आफ्नो पटक पटकको आदेश प्रहरीले कार्यान्वयन नगरेका कारण लिखित निर्देशन दिएको भनी सार्वजनिक गरिएको विज्ञप्तिका विषयमा भने सदनमा बोलेनन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ १०, १५: ४५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ १०, १५: ४५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ १०, १५: ४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...