कांग्रेस महामन्त्री शर्माकाे प्रश्न क्यान अध्यक्षलाई ‘खेलको नियम पालना गर्नेले न्यायको नियम पालना गर्नु पर्दैन?’ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कांग्रेस महामन्त्री शर्माकाे प्रश्न क्यान अध्यक्षलाई ‘खेलको नियम पालना गर्नेले न्यायको नियम पालना गर्नु पर्दैन?’


काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बलात्कारको अभियोगमा सफाई नपाईसकेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई औपचारिक खेलमा फर्काउने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दप्रति न्यायको नियम पालना किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार क्यानका अध्यक्ष चन्दलाई फोन गरी कांग्रेस महामन्त्री शर्माले भनेका छन् ‘ खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?’

क्यान अध्यक्ष चन्दसँग भएको सम्वादबारे शर्माले ट्वीटरमा लेखेका छन्, ‘क्यान अध्यक्षलाई फोनमा सोधेँ– ‘खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालाना गर्नु पर्दैन?’ सन्दीप लामिछानेका विषयमा मौनता नसाँध्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि शर्माले ध्यानाकर्षण गराएका छन्।

‘खेलकुद मन्त्री पनि प्रधानमन्त्रीनै हुनुहुन्छ । ध्यानाकर्षण गराउँछु कि सही भएको छ बधाई दिनुस्ः यो प्रकरणमा पनि अदालत कुरौं, हतारो नगरौँ, गल्ती सच्याउन भन्नोस्,’ पीएम नेपाललाई मेन्सन गर्दै शर्माले लेखेका छन् । बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राख्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ २०, १५: ४७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २०, १५: ४७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २०, १५: ४७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...