ट्राफिकको ज्यादतिबिरुद्ध उत्रिएका यातायात मजदुरसँग प्रहरीको झडपः २ गाडी जलाइयो – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

ट्राफिकको ज्यादतिबिरुद्ध उत्रिएका यातायात मजदुरसँग प्रहरीको झडपः २ गाडी जलाइयो


काठमाडौं । राजधानीको बालाजु क्षेत्रमा ट्राफिक प्रहरीको ज्यादति बिरुद्ध भन्दै सडकमा गाडि तेस्र्याएर आन्दोलन गरेका यातायात व्यवसायी र मजदुरले प्रहरीको दुई वटा सवारी साधनमा आगजानी गरेका छन् ।

आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंंङ्घन गरेकाे भन्दै जरिवाना धेरै लिने गरेकाे भनेर विराेधमा उत्रिएका हुन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०७९ फाल्गुन १, १७: ५३

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ फाल्गुन १, १७: ५३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ फाल्गुन १, १७: ५३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...