
काठमाडौं । राजधानीको बालाजु क्षेत्रमा ट्राफिक प्रहरीको ज्यादति बिरुद्ध भन्दै सडकमा गाडि तेस्र्याएर आन्दोलन गरेका यातायात व्यवसायी र मजदुरले प्रहरीको दुई वटा सवारी साधनमा आगजानी गरेका छन् ।
आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंंङ्घन गरेकाे भन्दै जरिवाना धेरै लिने गरेकाे भनेर विराेधमा उत्रिएका हुन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...