कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई – Naya Bikalpa
May 11, 2024, Saturday

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिनको लागि भारत भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सरकारमा नेपाली काँग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्का दोस्रो वरियतामा छन् । प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन्।

सम्बन्धित समाचार

गृहमन्त्री बोलेपछि कांग्रेसलाई बोल्न नदिने भएकाले संसद अबरोधः थापा
गृहमन्त्री बोलेपछि कांग्रेसलाई बोल्न नदिने भएकाले संसद अबरोधः थापा
  • २०८० जेष्ठ १७, १२: ५०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन कांग्रेस तयार रहे पनि...

संसदीय छानबिन समिति नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिनेः नेता सिटौला
संसदीय छानबिन समिति नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिनेः नेता सिटौला
  • २०८० जेष्ठ १७, १२: ५०

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति...

प्रतिनिधिसभाको बैठक बन्यो प्रभावित
प्रतिनिधिसभाको बैठक बन्यो प्रभावित
  • २०८० जेष्ठ १७, १२: ५०

काठमाडौं । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक प्रभावित बनेको छ । बैठक अघि तयारीका लागि बस्नुपर्ने...