काठमाडौँ – नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ । नापी विभागले पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दियो ।
सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने जानकारी दिए । विभागले नेपालको नक्सालाई त्रुटिरहित ढंगले प्रकाशन र प्रसारण गर्न व्यक्ति तथा सञ्चारमाध्यमसँग आग्रह पनि गरेको छ । त्रुटिपूर्णरुपमा प्रकाशन, प्रसारण गर्दा छिमेकी मुलुकले सीमा स्तम्भलाई मिच्नसक्ने भन्दै विभागले आफूले जारी गरेको आधिकारिक नक्सा प्रयोग गर्न आग्रह गरेको हो । विभागले आधिकारिक नक्सा प्रयोग नगर्ने व्यक्ति वा सञ्चारमाध्यमलाई नाप जाँच ऐन २०१९ बमोजिम रु २० हजार जरिवाना र प्रकाशन सामग्री जफत गर्ने जनाएको छ । साथै, विभागले घरजग्गाको कारोबार गर्दा रेखांकन तथा क्षेत्रफल यकिन गरेर खरिद बिक्री गर्न आग्रह गरेको छ । जग्गा खरिद बिक्री गर्दा धेरै व्यक्ति ठगिएको जनगुनासो आएपछि विभागले नापी कार्यालयबाट विधिवत्रुपमा खटिएका कर्मचारीबाट नक्सा स्वीकृत गराएर खरिद बिक्री गर्न आग्रह गरेको हो ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...