सगरमाथाको उचाई नाप्दै नेपाल – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

सगरमाथाको उचाई नाप्दै नेपाल

काठमाडौँ – नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ । नापी विभागले पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दियो ।

सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने जानकारी दिए । विभागले नेपालको नक्सालाई त्रुटिरहित ढंगले प्रकाशन र प्रसारण गर्न व्यक्ति तथा सञ्चारमाध्यमसँग आग्रह पनि गरेको छ । त्रुटिपूर्णरुपमा प्रकाशन, प्रसारण गर्दा छिमेकी मुलुकले सीमा स्तम्भलाई मिच्नसक्ने भन्दै विभागले आफूले जारी गरेको आधिकारिक नक्सा प्रयोग गर्न आग्रह गरेको हो । विभागले आधिकारिक नक्सा प्रयोग नगर्ने व्यक्ति वा सञ्चारमाध्यमलाई नाप जाँच ऐन २०१९ बमोजिम रु २० हजार जरिवाना र प्रकाशन सामग्री जफत गर्ने जनाएको छ । साथै, विभागले घरजग्गाको कारोबार गर्दा रेखांकन तथा क्षेत्रफल यकिन गरेर खरिद बिक्री गर्न आग्रह गरेको छ । जग्गा खरिद बिक्री गर्दा धेरै व्यक्ति ठगिएको जनगुनासो आएपछि विभागले नापी कार्यालयबाट विधिवत्रुपमा खटिएका कर्मचारीबाट नक्सा स्वीकृत गराएर खरिद बिक्री गर्न आग्रह गरेको हो ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७४ पुष १०, ०८: ४८

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७४ पुष १०, ०८: ४८

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७४ पुष १०, ०८: ४८

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...