काठमाडौं । भारतले एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि आठौं पटक जितेको छ। श्रीलंकाको कोलम्बोमा आइतबार साँझ सम्पन्न फाइनल खेलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले हराउँदैै भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको हो।
भारतका जितमा मोहम्मद सिराज नायक रहे। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकालाई ५० रनमै अलआउट गर्नुमा उनको मुख्य भूमिका थियो । उनले ६ विकेट लिएका थिए । यस्तै हार्दिक पंड्याले ३ विकेट लिए भने जसप्रित बुमराहले एक विकेट लिए ।
५० रनको लक्ष्य पाएको भारतले ६.१ ओभरमा जित हात पारेको हो । भारतका लागि शुभमन गिलले २७ रन र इसान किसनले २३ रन बनाए । सुपर फोरमा बंगलादेश र पाकिस्तानलाई पराजित गरेर श्रीलंका फाइनलमा पुगेको थियो।
भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंका गत संस्करणको उपाधि विजेता टिम हो ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...