
काठमाडौं । भारतले एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि आठौं पटक जितेको छ। श्रीलंकाको कोलम्बोमा आइतबार साँझ सम्पन्न फाइनल खेलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले हराउँदैै भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको हो।
भारतका जितमा मोहम्मद सिराज नायक रहे। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकालाई ५० रनमै अलआउट गर्नुमा उनको मुख्य भूमिका थियो । उनले ६ विकेट लिएका थिए । यस्तै हार्दिक पंड्याले ३ विकेट लिए भने जसप्रित बुमराहले एक विकेट लिए ।
५० रनको लक्ष्य पाएको भारतले ६.१ ओभरमा जित हात पारेको हो । भारतका लागि शुभमन गिलले २७ रन र इसान किसनले २३ रन बनाए । सुपर फोरमा बंगलादेश र पाकिस्तानलाई पराजित गरेर श्रीलंका फाइनलमा पुगेको थियो।
भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंका गत संस्करणको उपाधि विजेता टिम हो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...
काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...
जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...