दीपकुमार उपाध्याय, नेता–नेपाली कांग्रेस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पश्चात अहिले समानुपातिक निर्वाचनको आधिकारिक घोषणा आउने क्रममा रहेको अहिलेको समयमा ठूला तीन दलबीच मत मतान्तर भईरहेको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष निर्वाचनमा कांग्रेस निकै पछाडी परेको छ । प्रजातन्त्रको पुर्नबहालीदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म भएका आम निर्वाचनमध्ये अहिलेको जस्तो पराजय कांग्रेसले भोग्नु परेको थिएन त्यसैले कांग्रेस अब पाँच वर्षसम्म सत्ता बाहिर बस्नुपर्ने बाध्यतामा छ । स्पष्ट खाका तथा पार्टी कार्यालयको सचिवालय व्यवस्थापनदेखि सक्रिय सदस्यको भूमिका, भातृसंस्थाको भूमिकाको उचित कार्य सम्पादनसँगै केन्द्रीय कार्य समितिको समेत पुर्नरसंरचनाको बारेमा कांग्रेसभित्र व्यापक वहस शुरु भएको छ । आम कार्यकर्ताहरुले अहिले सामाजिक सञ्जालदेखि सञ्चार क्षेत्रमा समेत पार्टीभित्रको असन्तुष्टिहरु व्यक्त गरिरहेका छन् । उनले सरकार भने सहज सत्ता हस्तान्तरणको बाटोको खोजीमा लागि परेको छ । तर वामगठबन्धनको एकाङ्की कुरालाई चिर्न नसकेर देउवा नेतृत्वको सरकार अलमल्लमा परेको अवस्था छ । निर्वाचनमा प्रत्यक्ष तर्फभन्दा समानुपातिकतर्फ भने कांग्रेसले जनताको मत राम्रै पाएको हुँदा मुख्य प्रतिपक्षी बन्न सफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा मत माग्न घरदैलो गरेका नेता निर्वाचनपछि पनि हार जित स्वीकार गर्दै पुनः जनतालाई धन्यवाद दिने भन्दै घरघरमा पुगी रहेका छन् । कपिलवस्तु जिल्ला क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार एवम् भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायसँग पत्रकार ऋषि धमलाले गर्नुभएको कुराकानीको सम्पादीत अंशः
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि तपाईको राजनीतिक गतिविधि बताई दिनुस् न ?
म त आफ्नै जिल्लाको निर्वाचन क्षेत्रमा अन्तिम भेटघाटको कार्यक्रममा व्यस्त छु । निर्वाचन क्षेत्रका वडाहरुमा आदरणीय मतदाता र कपिलवस्तुवासी जनताहरु कहाँ पुगेर धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा लागि रहेको छु ? करिब करिब यो पनि अन्तिम चरणमा पुगेको छ ।
हैन यहाँ त निर्वाचनमा पराजित भएर पनि फेरी जनतालाई धन्यवाद किन ?
यो त हेर्नुस एउटा कुटनीतिक भन्दापनि हाम्रो राजनीतिक शिष्टता र मर्यादा हो । चुनावमा हारजित त भैहाल्छ । यो स्वभाविक प्रकृया हो हामी राजनीतिक कर्मिहरुले चाँही जनताको बीचमा आफ्नो सम्र्पक सम्बन्ध अझ कसिलो पार्नुपर्छ । संगठनको आधारभूत निर्माणको लागि अनिवार्य नै कुरा भएको हुँदा जसरी निर्वाचनको बेलामा मतदाताको घरघरमा मत माग्न गएको थिए । त्यसरीनै धन्यवाद ज्ञापन गर्ने कार्य गरिरहेको छु ।
नेपाली कांग्रेस निर्वाचनमा पराजित हुँदा पनि केन्द्रीय समितिको बैठक बस्न सकेन नी किन ?
जस्तै म पनि अहिले निर्वाचन क्षेत्रमै व्यस्त छु । तर पनि धेरै जितेका साथीहरुले उहाँहरुको आफ्नै किसिमको कार्यक्रममा व्यस्त हुनुहुन्छ । पराजित साथीहरु आफ्नै किसिमको कार्यक्रममा व्यस्त हुनुहुन्छ, त्यसैले गर्दा पनि बैठकहरु बस्न अलि ढिलाई भएको हुनुपर्छ, समय आएपछि भैहाल्छ ।
सभापति शेरबहादुर देउवाले अझै पनि हार स्वीर्कानु भएको छैन नी किन ?
किन छैन ? हार स्वीकार्नु भएको घाम जतिकै छर्लङ्ग छ । वाम गठबन्धनले विजय प्राप्त गरेको छ । त्यो कुरालाई अस्वीकार गर्ने भन्ने कुरा त छदै छैन । त्यो कुरा स्वीकार गरेको छ । मैले पहिला पनि भनेको थिए । नेतारुहले अब एक हातले मात्र ताली बज्दैन नी, अब दुई हातले ताली बजाएर यसलाई छिटो समायोजन गरेर मिलाउनु पर्दछ । यो देश सबैको साझा हो, यो कुरालाई मनमा लिएर आदरणिय सबै नेतारुहले आ–आफ्नो तहबाट सकारात्मक साँेचनै बनाउनु पर्दछ किनभने हामी नमिलिकन देशको समस्याको समाधान हुँदैन भन्ने प्रस्टै छ । अहिले पनि ठूला चुनौतिहरु छन् । अब एउटा नयाँ सरकार बन्छ हाम्रो शुभकामना छ ।
नेपाली कांग्रेस त के.पी.ओलीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिमा लागेको हल्ला चलेको छ नि ?
होईन, त्यस्तो किन हुन्छ र ? जनताको परिणामलाई नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टीले हामी चाँही दोस्रो ठूलो पार्टी भएका छौं । हाम्रो पपुलर भोटमा त्यति कमि आएको पनि होइन । व्यवस्थापनको कमजोरीले हो । हामीले राष्ट्रिय स्तरमा लोकतान्त्रिक गठबन्धनलाई अलि कसिलो बनाउन सकेनौं, त्यसलाई प्रभावकारी बनाउन सकेको भए परिणाम अर्कै हुन्थ्यो । स्थानीय चुनाव भयो, स्थानीय चुनावपछि पार्टी संगठनले सबै जिल्लामा राष्ट्रभरीनै त्यसमा परेका असरहरुलाई ध्यानमा राखेर संगठनमा ध्यान दिन सकेनौं भन्ने मलाई लाग्छ । यो कुराको समिक्षा पार्टीले गर्छ र गर्नुपर्छ जति छिटो ग¥यो त्यतिनै राम्रो ।
कांग्रेसले चुनाव हारिसके पछि पनि सरकार छाड्न चाहिं रहेको छैन किन ?
संवैधानिक प्रक्रिया अनुसारको सत्ता हस्तान्तरणको बाटो रोज्नुनै छ, राज्नेनै हो । त्यसमा कुनै विमती नै छैन । यसमा अब भनेदेखि खाली एउटा राष्ट्रिय सभाको निर्वाचनको कुरालाई लिएर अलिकति सानो एउटा अड्को खडा भएको छ । त्यो अड्कोलाई हामीले सरलता पूर्वक फुकाउनु पर्दछ । जसमा अहिले खासगरी प्रतिपक्षमा रहेका र अब हुने सत्ता पक्षले पनि त्यसमा सहजता देखाउनु पर्दछ । हाम्रो संविधानको स्प्रिट भनेको नै समावेशिता हो । समावेशिताको लागि पनि एकल सरकार अथवा बहुमत आवश्यक छ भन्ने कुरामा त्यति ठूलो बहस गर्नुपर्ने आवश्यक देखिदैन । यसलाई अब सम्माननीय राष्ट्रपतिजीले पनि अहिले विशिष्ट परिस्थितिमा राजनीतिक सहमति होस् भनेर अलिकति होल्ड गर्नुभएको हो । सबैको ध्यान त्यतै केन्द्रीत हुनुपर्दछ । समावेशिता संविधानको स्प्रिट होकी होइन भनेर हामीले अलिकति सोच्यौ भने त्यो कुराको जवाफ त्यही नै आउँछ ।
राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले एकल संक्रमणीय मतको आधारमा हुनुपर्छ भनेर के आधारमा भनिरहेको छ ?
मैले भनेनी त संविधानको एउटा जुन स्प्रिट हो, त्यसमा नै हामी अडिइराख्यौ भने समाधान निस्किन्न तर मैले भन्न खोजेको राष्ट्रिय, अन्तर्राष्ट्रिय अभ्यास र समावेशिताको मूल मर्मलाई मान्ने हो भने एक सङक्रमणियलाई त्यति विवाद गर्नु आवश्यक छैन । हैन त्यो नमान्ने हो भनेदेखि संविधानको मुल मर्म भावनामा असर पर्छ भन्ने मात्रै मेरो भनाई हो । यो बारेमा नेताहरुले धेरै अलमल्लिएर बस्ने बेला होइन, राष्ट्रलाई छिटो छिटो निकास दिने भनेर हामीले त समुन्नतीको बाटोलाई अगाडि बढाऔं भनेको हो । समुन्नतीको बाटोको लागि शान्ति स्थिरता अत्यन्त आवश्यक कुराहरु हुन् । आपसमा समझदारी अत्यन्त आवश्यक पर्ने कुरा हो । त्यो कुरालाई सबैको ध्यान समयमा नै जान आवश्यक छ भन्न खोजेको हो ।
यो निर्वाचनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पूर्ण रुपमा असफल हुनुभएको हो ?
त्यो कुरालाई हामीले समग्रमा लिनुपर्दछ । अब अत्यन्त असफल स्थितिबाट खासगरी माओवादीको सशक्त द्धन्द्धलाई व्यवस्थापन गर्न आवश्यक थियो कि थिएन ? इतिहासले आफ्नो छुट्टै मूल्याङ्कन गर्ला तर त्यसलाई पनि व्यवस्थापन गर्ने काममा नेपाली कांग्रेसले खासगरी गिरिजाप्रसाद कोइरालाको अद्भुत योगदान रहेको छ । शान्ति प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । खाली हामीले अलिकति मेलमिलाप आयोग र वेपत्ता आयोगको बाँकी कामहरुलाई पनि सम्पन्न गर्न सक्यौ भने यसले अर्बौ खर्बौ डलर खर्च गर्दा नभएको शान्तिलाई नेपालीको एउटा मौलिक साँेच परम्पराले सफल गराउन सक्नु विश्व इतिहासमा नै ठूलो उदाहरणिय काम बन्न सक्छ । जसको लागि हाम्रो आदरणीय नेताहरु बधाइको पात्र हुनुहुन्छ । त्यसपछि संविधान निर्माण अत्यन्त जटिल कुरा थियो । पहिलो संविधान सभाको निर्वाचनबाट बन्न सकेन र दोस्रो संविधान सभाको निर्वाचनपछि बल्लबल्ल संविधान हामीले निर्माण ग¥यौं । त्यसपछि गएर चुनाव हुन्छ की हुन्न र हुँदैन गर्दैन भन्ने कत्रो आरोप थियो । त्यसबाट गएर स्थानीय निकाय अनि अहिले एकैचोटी प्रदेशसभा र केन्द्रीय सभामा निर्वाचन गरायौं । यो चरणबाट पार गर्दै गएर नेपाली कांग्रेस पहिलोबाट दोस्रो पार्टीको रुपमा झरेका छौं । धेरै असजिलो कामलाई समग्रमा राखेर अब हाम्रो युवा पुस्ताका साथीहरुले पनि अत्यन्त धैर्य र संयमका साथ विश्लेषण गर्नुपर्दछ । पार्टीलाई चाँही वैज्ञानिक व्यवस्थापनमा लैजानै पर्दछ ।
तर अहिले महासमितिको बैठक बोलाउनु पर्ने माग सर्वत्र उठिरहेको छ नि ?
केन्द्रीय समितिको बैठक बसेपछि यसको निरोपण हुनुपर्दछ । धैर्य र संयमताहरु हामीले राख्नुपर्दछ । नैतिकताको पक्ष भन्नुभयो त्यो भनेको के हो भन्दा हाम्रो आफ्नो कुराहरु हुन् । कसैले तुरुन्तै सफल असफल भएपछि आफू चाँही पदबाट हटेर मार्ग प्रशस्त गर्ने कुरा अर्को विषय हुन सक्छन् । आफ्ना आफ्ना दृष्टिकोण हुन सक्छन् । हाम्रो चाँही आन्तरिक उर्जा छ तर व्यवस्थापन गर्न नसकेर समस्या नेपाली कांग्रेसभित्र आएको हो । त्यसको व्यवस्थापन गर्दै जानुपर्दछ । धैर्य गरौं ।
कांग्रेस भित्रभित्रै पनि निर्वाचनको समयमा घात अन्तरघात भयो भन्छन् नि अन्य उम्मेदवारहरु तपाई के भन्नुहुन्छ ?
हैन त्यो त हेर्नुस देशभरीनै २०४८ को निर्वाचनमा हाम्रा नेता कृष्णप्रसाद भट्टराईजी प्रतिको जुन एउटा व्यवहार थियो त्यसलाई त उहाँले क्षमा गरेर टुङ्ग्याउनु भयो । व्यवस्थापन गर्दा गर्दै पनि भित्रभित्र आगो चाँही सल्किराखेको हुन्छ । कांग्रेसलाई कतैबाट पनि सबभन्दा ठूलो चुनौति छ भने भित्रैबाट छ भित्रैबाट देखिएको छ । त्यो एक ठाउँमा होइन सबै ठाउँमा देखिएको छ । यसको व्यवस्थापन चाँही कसरी गर्ने । कसरी एउटा म्यानेजेरियल स्किल देखाउने र वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्ने त्यो बुझ्न जरुरी छ । जनतासँग सिधा सम्र्पक गर्ने किसिमबाट हाम्रा क्रियाशील सदस्यादेखि लिएर माथिसम्म देखिएको व्यवस्थापन गर्न जरुरी छ ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.