आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ! – Naya Bikalpa
March 25, 2026, Wednesday      Epaper

आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न !

काठमाडौं । प्रेस काउन्सिल नेपालको र नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयुक्त आयोजनामा पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्वसभामुख सुवास नेम्वाङले निरंकुशता विरुद्ध शसक्त भूमिका खेलेको र निर्वाचन सम्पन्न गराउन दबाब दिएकोमा नेपाली मिडियालाई धन्यवाद दिए । नेम्वाङ्ले पत्रकारिता जगत संवेदनशील भएकोले समाचार सम्प्रेषणमा संयमता अपनाउनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा सहभागीहरुले साना लगानीका मिडियाले पाउनुपर्ने सुविधामा बढोत्तरी गर्न आग्रह गरेका थिए ।
उनले पत्रकारिता पेसालाई मर्यादित र व्यवस्थित बनाउन सबै पक्षलाई आग्रह गरे । उनले एक प्रसंगमा भने, ‘कुनै व्यक्ति वा संस्थाको टिप्पणी गर्दा गम्भीर भएर सम्वन्धीत व्यक्ति, संस्थालाई नै सोधेर समाचार वा विषयवस्तु सम्प्रेशन गर्दा आचारसंहिताको मर्मलाई सहयोग पुग्नेछ,’ भन्दै सस्तो लोकप्रियाताका लागि समाचार शीर्षक बनाउँदा आचारसंहिता विपरित कार्य हुने भएकाले गम्भीर भएर सोच्नु पर्ने बताए ।
प्रमुख अतिथि समेत रहेका नेता नेम्वाङले भरखरै सम्पन्न निर्वाचनबाट संविधानको कार्यान्वयन ठोस अवस्थामा पुगेको र अब कुनै वाधा उत्पन्न नहुने बताए । त्यस्तै निर्वाचनसम्बन्धी औपचारिक रुपमा राष्ट्रपति कहाँ कुनै जानकारी नपुगेकाले सरकार गठन प्रक्रियामा ढिलाई भएको उनले उल्लेख गरे । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेम्वाङ आफु राष्ट्रपतिसँग भेटघाट गरेको जानकारी दिदै अब मुलुकले छिट्टै नयाँ सरकार पाउने बताए ।
त्यस्तै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिता र प्रेस काउन्सिलले गरेका गतिविधिबारे कार्यपत्र प्रस्तुत गर्दै पत्रकारको अधिकार सुरक्षा, चुनौतीका साथै आफ्नो जिम्मेवार तथा दायित्व बारे प्रष्ट्याए । उक्त कार्यक्रममा सूचना विभागका महानिर्देशक विरबहादुर राईले समग्र पत्रकारिता जगतबाट समाज र राष्ट्रको हितका निम्त्ति लाग्नुपर्ने धारणा व्यक्त गरे । स्वच्छ, सफा, मर्यादित र व्यवस्थित व्यवसायिक पत्रकारितातर्फ उन्मुख हुनुपर्ने राईले बताए । त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारीले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा अझ सशक्त रुपमा लाग्न सञ्चारकर्मीहरुलाई आग्रह गर्दै पत्रकार हकहित र अधिकारको नीतिगत विषयमा आफू सधै लागि पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा २५१ जना पत्रकारहरुको सहभागी रहेको आयोजकले बताए । प्रेस काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको संयोजनमा आयोजित उक्त कार्यक्रममा विभिन्न साना लगानीका सञ्चार माध्यमले पाउनु पर्ने राज्य निकायको सुविधा तथा पत्रकार हकहितका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रमका सहभागीहरुले सानालगानीका मिडियाले पाउनुपर्ने सुविधामा बढोत्तरी गर्न आग्रह गरेका थिए । उक्त कार्यक्रममा प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा, सुदर्शन आचार्य तथा पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलगायत लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले आ–आप्mनो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
  • २०७४ पुष १०, ०९: ०६

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय
कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय
  • २०७४ पुष १०, ०९: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने...

बालेनले शुक्रबार १२:३४ मा लिनेछन् प्रधानमन्त्रीको शपथ, २:१५ बजे पदभार ग्रहण
बालेनले शुक्रबार १२:३४ मा लिनेछन् प्रधानमन्त्रीको शपथ, २:१५ बजे पदभार ग्रहण
  • २०७४ पुष १०, ०९: ०६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने...