समानुपातिकको १० लाख मत नासः संसदमा पाँच दल मात्रै – Naya Bikalpa
March 28, 2024, Thursday

समानुपातिकको १० लाख मत नासः संसदमा पाँच दल मात्रै

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना अन्तिम भईसक्दा थ्रेस होल्ड कटाउन नसकेका राजनैतिक दलका मत करिब १० लाख मत खेर गएको छ । ९५ लाख ३ हजार ६ सय १८ मत गणना गर्दा करिब १० लाख थ्रेसहोल्ड कटाउन नसक्ने पार्टीहरुको मत ठूला पार्टीमा जाने भएको छ । त्यसमध्ये नेकपा एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत पाएको छ । यो ३३.२ प्रतिशत हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख ११ हजार ६ सय मत पाएको छ । समानुपातिकमा कांग्रेसको हिस्सा ३२ प्रतिशत छ ।
माओवादी केन्द्रले १२ लाख ९५ हजार ९ सय मत पाएको छ । उसको मत १३.६ प्रतिशत हुन्छ । ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका अन्य दुई दलमध्ये राष्ट्रिय जनता पार्टी नेपालको मत ४ लाख ७० हजार ४ सय ८६ छ भने संघीय समाजवादी फोरमले ४ लाख ६९ हजार ४ सय ६१ मत पाएको छ । राजपा र फोरम दुबैले ४.९ प्रतिशत मत पाएको छन् । विवेकशील साझा, राप्रपा, नयाँशक्ति, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा लगायतका अन्य दलले ९ लाख ९४ हजार ८ ससय ३० मत पाएका छन् । यो झण्डै १०.४६% मत हो । तर थ्रेसहोल्ड नकटाएकाले उनीहरुले प्रतिनिधिसभामा सांसद पठाउन पाउने छैनन् । उनीहरुले पाएको मत बदर भए जस्तै वा भोट नै नहालेजस्तो भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले थ्रेसहोल्ड कटाएका पार्टीले पाएको मतलाई मात्र सत प्रतिशत मानेर समानुपातिकको सिट बाँडफाँड हुनेछ ।
योसँगै प्रतिनिधि सभाका २७५ मध्ये ११० जना सांसद समानुपातिक सूचीबाट आएका छन् । योसँगै आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । यस भन्दा अघि संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अस्तित्व अब संसदमा हुनेछैन । थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका हुन् ।
प्रधानमन्त्री समेत भइसकेका डा.बाबुराम भट्टराई समेत यस पटक पार्टी बिहिन स्वतन्त्र सांसद हुने भएका छन् । माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी खोलेर संयोजक बनेका भट्टराईको नयाँ शक्तिबाट आफू मात्रै एक्लो सासद भएका हुन् । तर थ्रेसहोल्ड कटाउन नसकेपछि उनी स्वतन्त्र सांसदको हैसियतमा संसद प्रवेश गर्ने छन् । त्यस्तै यस पटक राष्ट्रिय पार्टी बन्ने दाबी गरेको विवशेकशील साझा पार्टीका संसदमा नाम नरहने भएको छ । काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवारसँग करिब ९०० मतको अन्तरले विवेकशील साझाका उम्मेदवार पराजय भए । समानुपातिकमा पनि केही सिट ल्याउन सकेन । त्यसैगरी पटक पटक फुट्दै र जुट्दै गरि पार्टी विभाजन गरेका राप्रपा र राप्रपा –प्रजातान्त्रिक) को पनि यस पटक संसदमा कुनै नाम सुनिने छैन । हुन त राप्रपाका राजेन्द्र लिङ्देन, जनमोर्चाकी दुर्गा पौडेल र नेमकीपाका प्रेम सुवाल विजयी उम्मेदवारहरु हुन् । तर संविधानमा व्यवस्था भए अनुसार कुल सदर मतको ३ प्रतिशत मत यिनका पार्टीहरुले ल्याउन नसकेपछि अब उनीहरु स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् । जनतामा म्यान्डेड लिएर संसदमा आवाज उठाउने हौवा फैलाउने पार्टीहरु आफ्नै अस्तित्व समेत जोगाउन नसक्दा कसरी जनताका विषय संसदमा पु¥याउछन् र समस्या समाधान गर्छ भन्ने आशा जनताले गर्ने ? आफ्नै अस्तित्व समेत बचाउन नसकेर स्वतन्त्र सांसदको हैसियतमा संसद प्रवेश गरिसकेपछि त्यहाँ पार्टीगत भन्दा पनि व्यक्तिगत मान्यता प्राप्त हुनेहुँदा उनीहरुको आवाज निर्माण हुने संसदले कसरी सुन्ला त्यो भने हेर्न बाँकी नै छ ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७४ पुष १०, ०९: ०९

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७४ पुष १०, ०९: ०९

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७४ पुष १०, ०९: ०९

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...