काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाएको छ । दलहरु परामर्शका क्रममा राष्ट्रपतिले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गर्ने क्रममा फोरम नेताहरुले अध्यादेश नरोक्न सुझाव दिएका हुन् । जति दिन अध्यादेश रोक्यो, त्यति नै शेरबहादुर देउवा सरकारको आयु लम्बिने नेता श्रेष्ठले बताए । राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको पनि धारणा मागेकी छन् । जवाफमा फोरम नेताहरुले भने कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको धारणा व्यक्त गरेका छन् । ‘बहुमतीयमा जाने हो भने हामीले चार सिट जित्छौं तर, यो बहस राष्ट्रियसभाको कम्पोजिसन कस्तो बनाउने भन्ने हो’ श्रेष्ठ भन्छन्, ‘हामीलाई २÷३ सिट मात्र होस् तर देशलाई फाइदा हुुनुपर्छ ।’
संघीय फोरमले सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय मत प्रणालीको समर्थन गरेको छ । छलफलका क्रममा एकल संक्रमणीय मत प्रणालीलाई त संविधानले चिन्दैन भन्ने तर्क पनि आएको थियो । तर, फोरम नेताहरुले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशको समर्थन गरेका छन् ।
आफूहरुले राष्ट्रिय सभाको चुनाव गरेपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने र सरकार गठनको बाटो खुल्ने प्रष्ट मत राखेको फोरम सअध्यक्ष श्रेष्ठले बताए । ‘संसारकै उत्कृष्ट संविधान बनाएको भन्ने कांग्रेस र एमालेले गर्न नहुने उनले बताए । अब तुरुन्त अध्यादेश जारी गरि राष्ट्रियसभाको चुनाव गरेर मात्र समानुपातिकको सांसद छानेर प्रतिनिधिसभालाई पूर्णता दिन सकिने उनको तर्क थियो ।
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...