आजदेखि आइसिसी टी २० विश्वकप एसिया फाइनल छनोट – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

आजदेखि आइसिसी टी २० विश्वकप एसिया फाइनल छनोट

काठमाडौं । आजदेखि कार्तिक १९ गतेसम्म आइसिसी टी २० विश्वकप एसिया फाइनल छनोट नेपाल हुने भएको छ ।

मुलपानी क्रिकेट मैदान र कीर्तिपुर क्रिकेट मैदानमा हुने  प्रतियोगितामा आज नेपालले सिंगापुरसँग खेल्दैछ ।
खेल बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले त्रिकोणात्मक टी २० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट परिवर्तन गर्ने सम्भावना रहेको छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने भने थिएनन् ।

विश्वकप छनोट टोलीमा  सन्दीप फर्किदा नेपालले एक खेलाडीलाई बेन्चमा राख्नु पर्ने छ । यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै मलेसिया, सिंगापुर र ओमान छन् । समूह ‘ए’ का सबै खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् ।

समूह ‘बी’ मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० कार्तिक १३, ०६: ४९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० कार्तिक १३, ०६: ४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० कार्तिक १३, ०६: ४९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...