काठमाडौं । आजदेखि कार्तिक १९ गतेसम्म आइसिसी टी २० विश्वकप एसिया फाइनल छनोट नेपाल हुने भएको छ ।
मुलपानी क्रिकेट मैदान र कीर्तिपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा आज नेपालले सिंगापुरसँग खेल्दैछ ।
खेल बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले त्रिकोणात्मक टी २० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट परिवर्तन गर्ने सम्भावना रहेको छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने भने थिएनन् ।
विश्वकप छनोट टोलीमा सन्दीप फर्किदा नेपालले एक खेलाडीलाई बेन्चमा राख्नु पर्ने छ । यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै मलेसिया, सिंगापुर र ओमान छन् । समूह ‘ए’ का सबै खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् ।
समूह ‘बी’ मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न पाउनेछन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...