ढिलै भएपनि सम्माननीय राष्ट्रपतिबाट राष्ट्रिय सभा अध्यादेश पारित भएकोले अब प्रकृया अगाडि बढ्छ  – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

ढिलै भएपनि सम्माननीय राष्ट्रपतिबाट राष्ट्रिय सभा अध्यादेश पारित भएकोले अब प्रकृया अगाडि बढ्छ 

डा.प्रकाशशरण महत, नेता–नेपाली कांग्रेस
मुलुकमा नयाँ संविधान अनुसार स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सकिएको छ । संविधान अनुसार राष्ट्रियसभा निर्वाचन एकल संक्रमणिय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश प्रमाणिकरण शुक्रबार मात्र सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनैतिक सहमति भन्दै करिब २ महिना देखि राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण नहुँदा काम गर्न नपाएको सरकारले आरोप लगाएको छ । लामो राजनैतिक खिचातानीको अन्तरालपश्चात विवादित बनेको राष्ट्रियसभा निर्वाचनको पनि ढोका खुलेको छ । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसको भूमिका नयाँ सरकारलाई सत्ता हस्तान्तरण लगायत कांग्रेसको कार्य सम्पादन बैठक तथा रणनीतिको बारेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग पत्रकार ऋषि धमलाले नयाँ बिकल्प साप्ताहिकका लागि गरेको कुराकानीको सम्पादीत अंशः

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक अगाडिनै कार्य सम्पादन बैठक बस्यो नि किन ?
हो, किनभने प्रदेश सभाको समानुपातिक सूचीमा रहेका उम्मेदवारहरुलाई निर्वाचन आयोगको नीति नियममा रहेर प्रतिशतको आधारमा नाम सिफारिस गर्ने प्रयोजनको लागि बैठक बसेको हो । जुन कांग्रेसको प्रतिशतको आधारमा जितेकाहरुलाई नाम छनोट गरी सिफारिस पठाउन बैठक त बस्नु प¥यो नि । अरु समिक्षाको लागि फेरी पनि बैठक बस्छ । प्रदेश नंं १ देखि ७ सम्मको प्रदेश सभा समानुपातिक उम्मेदवारहरु सबैको टुंगो लगाउन यो बैठक बसेको हो । त्यसमा कुनै विवाद छैन । निर्वाचन आयोगले सुचिमा भएका उम्मेदवारहरु जुन क्रम संख्या अनुसार छ त्यही अनुसार पठाउनु भनेको छ, यद्यपी अपवाद पनि हुन सक्ने ठाउँ उल्लेख छ । त्यही निर्वाचन आयोगको संख्या अनुसारनै पठाउनु पर्ने भनेको हुनाले हामीले त्यही अनुसारनै पठाउनु पर्ने अवस्था थियो र त्यसमा कुनै विवाद हुनु पर्ने स्थिति थिएन ।

त्यसो भए पहिले पठाएको बन्द सूचीमा जे छ त्यही अनुसार छनोट गरी पठाइयो त ?
निर्वाचन आयोगलेनै त्यही किसिमको पत्र पठाएको हुनाले अन्यथा गर्न मिलेन । यद्यपी ऐनमा चाँही कुनै अपवाद बाहेक गर्नसक्ने व्यवस्था छ । त्यसबारेमा कतिपय जिल्ला छुटेका छन् भने कुनै महत्वपूर्ण मान्छेहरुलाई छुटाउन नहुने भयो भने राख्नुप¥यो । त्यसकारण पनि राख्नुपर्ने अवस्थामा कहिकतै अपवाद गर्नुपर्ने हो भन्ने कुरा पार्टीभित्र चलेको हो । नेताहरुले पनि कुरा उठाउनु भएको हो । तर अब अहिलेको लागि त्यो गर्न नसकिने भन्ने निर्वाचन आयोगको कुराले गर्दा जे छ त्यही किसिमबाट पठाउने व्यवस्था मिलाईएको हो ।

त्यसो भए नाम छनौट गर्दाखेरी विवाद भएन ? पार्टीभित्रको विवाद मिल्यो त ?
पार्टीभित्र यसो गर्न पाए हुन्थ्यो उसो गर्न पाए हुन्थ्यो भनेर कुराहरु त चलेकै छन् भोलीका दिनमा पनि चल्न सक्छ होला । तर बाध्यता के छ भने त्यसमा तलमाथि गर्न मिलेन ।

समानुपातिकको सूचीमा त धेरै जसो नेताहरुको गोजीका मान्छे र नातागोता हाल्नुभएको रहेछ हैन ?
त्यस्तो मलाई लाग्दैन । सबै पार्टीका क्रियाशील साथीहरु हुनुहुन्छ । कसैलाई यो भए भन्ने हुन्छ होला त्यो आ–आफ्नो अलिकति रोजाइ होला तर समग्रमा सबै पार्टीका एक सय एक क्रियाशील साथीहरु भएका कारण सहमतिबाटै टुङ्याएको हो । सूचीमा कसको नम्बर एकमा राख्ने कसको दुईमा राख्ने भन्ने कुरा सहमतिबाटनै टुङ्गिएको नाम हो ।

उसो भए श्रीमान श्रीमतीको नामहरु किन प्रस्ताव गरेर पठाउनु भएको त ?
को श्रीमतीको त्यो त थाहा छैन मलाई कोही कोही कहि कतै होलान अब सक्रिय भएर पार्टीमा लागि रहेका छन् भने त कोही श्रीमती अथवा नाता परे भन्दैमा राख्नै नहुने भन्ने त भएन नी । पार्टीको लागि खटिएका सक्रिय व्यक्तिहरु त पर्नेनै भए ।

राष्ट्रियसभा निर्वाचन अध्यादेशको विषयमा कांग्रेसको भनाई के हो ?
अब यसमा केही कुराहरु थप गर्नुपर्ने आवश्यकता त छैन किनभने हाम्रो स्पष्ट दृष्टिकोण छ । यो तिन महिना अगाडि पठाएको अध्यादेश हो । यो समानुपातिक कै सिद्धान्त अनुसार एकल सक्रमणिय निर्वाचन पद्दतीमा जानुपर्छ भनेर अध्यादेशले भनेको छ । जुनबेला चाही समावेशी समानुपातिक अवधारणा आएको थिएन भनेपछि अहिले चाही यो संविधानमा त माथिल्लो सदन समावेशी समानुपातिक पार्टीको समानुपातिक प्रतिनिधित्विको तल्लो सदनमा समेत छ । प्रतिनिधि सभामा समेत छ भने माथिल्लो सदनमा हुनु हुँदैन भन्ने दृष्टिकोण आफैमा त्यो गलत छ । त्यसो हुनाले पहिलेदेखि प्रमाणीकरण हुनुपर्छ भन्ने पक्षमा हामी थियौं । पार्टीमा यो विषयमा एकमत भएर गएको हो । सम्माननीय राष्ट्रपतिजीले अध्यादेश पहिले नै जारी गरी सक्नुपथ्र्यो तर ढिलो नै भएपनि सम्माननीय राष्ट्रपति महोदयले यसलाई प्रमाणिकरण गर्नुभएको छ । चाँडो माथिल्लो सदनको निर्वाचन हुने र गठन अगाडि बढ्छ भन्ने हामीलाई विश्वास छ ।

प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको कारण आरोप प्रत्यारोप सुरु भएको छ । महासमिति समेत बोलाउनु पर्ने कुरा उठेको छ नि तपाई के भन्नुहुन्छ ?
अहिले त यो प्रदेशसभाको सूचीबाट नाम छनौट गर्ने मात्र थियो । अब यो समग्र विषयमा समिक्षाको फेरी बैठक बस्छ तथापी तपाईले भनेको जस्तो यो सभापतिलेनै गर्दा सबै भयो भन्ने कुरा चाँही जायज कुरा होइन । गगन थापाले के के भन्नुभयो त्यो त उहाँले बैठकमा राखे भैहाल्यो । पार्टीको मत प्रतिशत बढेको छ । दुइ वटा कम्युनिष्ट पार्टी मिलेर बढी संख्या ल्याएको कुरा सबैलाई थाहा छ । हाम्रो समानुपातिकमा पनि मत बढेको छ । प्रत्यक्षमा पनि हाम्रो मत बढेको छ । तथापि यो भन्दा धेरै मत आओस । हामीले बहुमत नै ल्याउन सकियोस भन्ने हाम्रो चाहना थियो, कोसिस थियो । त्यो चाँही पूरा भएन । त्यो पुरा नभएपछि एकले अर्कोलाई दोष दिने परम्परा चाहीँ राम्रो होइन । समग्रमा समिक्षा गरौं कसको दोष कति रहेछ । सभापतिको कति रहेछ, अरुको कति रहेछ त्यो त बैठकमा समिक्षा होला नी । समिक्षा भएपछि मात्रै यसो भयो उसो भयो भन्न मिल्छ ।

यो निर्वाचनमा कांग्रेस पार्टीभित्र नेतृत्व कमजोर भएको कारण हार भएको भन्ने छ नि ?
त्यो भन्न मिल्छ जस्तो मलाई लाग्दैन । नेतृत्वले अझ राम्रो गरोस् । पार्टी आधुनिक ढङ्गबाट चलोस् । जुन २१ औं शताब्दीको चुनौती छ त्यसलाई सामना गर्ने किसिमबाट हाम्रा संरचनाहरु बनुन् । हाम्रो सञ्चारमाध्यमको अवस्था र हामी मिडियामा कसरी प्रस्तुत हुने, जनताको बीचमा आफुले गरेको कामहरु कसरी पु¥याउने, नेपाली कांग्रेसले अधिकांश काम गरेको छ । संविधान बनायो, निर्वाचन गरायो, निर्वाचन नै हुँदैन भन्ने विपक्षीहरुको धारणा थियो तै पनि हामीले निर्वाचन गराएरै छोड्यौ । त्यसैगरी, विकास निर्माणको काममा पनि विभिन्न बाधा अवरोधको बाबजुत २०४८ देखि नै सामाजिक सुरक्षा सहितको खुल्ला अर्थनीतिले धेरै अवसर सिर्जना गरेको छ । तर यी कुराहरुलाई हामीले जनताको बीचमा सशक्त ढङ्गले पु¥याउन सक्नु पथ्र्यो, त्यो पु¥याउन सकेको छैनौं । हामीले गरेको काम पनि विपक्षीहरुले उहाँहरुले नै गरेको प्रचार गरे । हामीले सशक्त ढंगबाट पु¥याउन सक्नु पथ्र्यो त्यो गर्न सकेनौं । त्यसो हुनाले यसलाई चाँही सशक्त एउटा संस्थाको रुपमा आधुनिक पार्टीको रुपमा विकास गर्नुपर्छ । त्यसमा दुइमत छैन । त्यस बारेमा मैले पनि समय समयमा दृष्टिकोण राख्दै आएको छु । त्यो हिसाबले पार्टी चल्नुपर्छ । नेतृत्वले पनि त्यही अनुसार अगाडि बढ्नुपर्छ । तर यही निर्वाचनमा अरु कोही हुँदाखेरी बेग्लै परिणाम आउथ्यो भनेर जो जसले आलोचना गर्नु भएको छ । उहाँहरु जो कोही नेतृत्वमा हुँदा बेग्लै परिणाम आउथ्यो भन्ने कुरामा चाही म सहमत हुन सक्दिन ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०७४ पुष १७, ०८: ५८

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०७४ पुष १७, ०८: ५८

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०७४ पुष १७, ०८: ५८

tc-check https://test.com