काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक प्रणाली अन्तर्गत प्राप्त भएको मतको आधारमा प्रदेशसभा सदस्यको टुंगो लगाएको छ । सात प्रदेशमा जम्मा ७२ जना सदस्यहरुको अन्तिम नामावली शुक्रबार बसेको कार्यसम्पादन समितिले टुंग्याएर निर्वाचन आयोगमा बुझाएको कांग्रेसले बताएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुट र उपगुटका कारण निर्वाचनमा पछारिएको कांग्रेस समानुपातिकको पहिलो सूची निर्वाचन आयोगमा बुझाउँदा पनि विवादबाट मुक्त हुन सकेन । प्रत्यक्षतर्पmमा टिकट बाँडफाँड नै बालुवाटारमा रातभरी झगडा गरेर बसेर आपूmखुसी टिकट बाहेक र कांग्रेसको विधान मिचेर भागवण्डामा संसदीय बोर्ड निर्माण गरेको कांग्रेस नेताहरुले केही अपवाद बाहेक टिकट वितरणमा टिकट दिए बापत डनवाद र धनवादसँग चुनाव खर्च समेत बटुलेर निर्वाचनमा होमिदा आपूmलाई हेवीवेट भन्ने नेताहरु समेत पछारिए ।
नेताहरुका हुकुमी शैली र पैसाले जे पनि हुन्छ भन्ने मनोवृत्तिका कारण यस पटकको निर्वाचनमा अधिकांश कार्यकर्ता आक्रोशित भएका कारण पनि कांग्रेसको पराजय भएका कारण पनि कांग्रेसको पराजय भएको हो । पहुँच, पैसा र नातावाद बाहेक इमान्दार कांग्रेस नेता कार्यकर्ताहरु कमैले टिकट पाएका थिए । त्यसैले गाउँगाउँमा उम्मेदवारहरुलाई यसपटकको निर्वाचनमा कार्यकर्ता जम्मा गर्न नै धौ धौ परेको थियो । अधिकांश स्थानहरुमा पार्टीका भातृ र शुभेच्छुक संस्थाहरुको भूमिका न्यून देखियो । निर्वाचनका बेलामा उम्मेदवारहरुले टिकट पाउन गरेको तिकडमवाजीले गर्दा निर्वाचनको समयमा घातप्रतिघात गरेको समेत समाचार आएका थिए । गुट÷उपगुटका कारण स्याङ्जा कांग्रेस कार्यकर्ता र नेताबीच कुटाकुट समेत भएको थियो । मुद्दा, मामिला, ज्यान मार्ने धम्की जस्ता कारण स्याङ्जा कांग्रेसको मात्र नभई देशैभर कांग्रेसको इज्जतमा दाग लागेको छ ।
समानुपातिक सूची तयार पार्दा नै व्यापक असन्तुष्टि रहेकोले निर्वाचन आयोगमै नेताहरुबीच हात हालाहाल भएको र लिष्ट च्याताच्यात समेत भएको थियो । आप्mनो भजनमण्डलीदेखि धनवादसम्म समानुपातिक सूचीमा हाल्न नपाएको भन्दै पौडेल पक्ष त्यतिबेलादेखि नै आरोप प्रत्यारोपमा उत्रिएको थियो । शुक्रबार कार्यसम्पादन समितिको बैठकमा पनि पौडेलले त्यही गुट उपगुट समाएर बोल्दा आप्mनो गुटले पनि साथ नदिएको बालुवाटार सूत्रले बताएको छ । जेहोस् यसपटक बालुवाटारमा धेरै आरोप प्रत्यारोप विना नै प्रदेशसभा सदस्यहरुको नामावली टुंगाएको छ । ७ प्रदेशको ७२ जना समानुपातिक प्रदेशसभा सदस्य यस्ता छन् । जसअनुसार प्रदेश नं. १ मा १३ जना, प्रदेश नं. २ मा ११ जना, प्रदेश नं. ३ मा १४ जना, प्रदेश नं. ४ मा ९ जना, प्रदेश नं. ५ मा १२ जना, प्रदेश नं. ६ मा ५ जना र प्रदेश नं. ७ मा ८ जना रहेका छन् ।
प्रदेश १ ः सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिता कुमारी चौधरी, टंगचन्द्र विश्वास, ओम सरावगी, लोकप्रसाद संग्रौला, प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, सन्जा कुमारी दनुवार, लिला सुब्बा, ज्योति सुब्बा, शेखरचन्द्र थापा,
प्रदेश २ ः शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मन्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन
प्रदेश ३ः मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली,
प्रदेश ४ ः मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा
प्रदेश ५ ः सूर्यमति उपाध्याय, याकुल अन्सारी , बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुवे, अर्जुनकुमार श्रेष्ठ, रिना विक ।
प्रदेश ६ ः यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दिनबन्धु श्रेष्ठ, झोवा विक
प्रदेश ७ ः टेकबहादुर रैका, गोविन्द बोहोरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बिकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम रहेका छन् ।
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...